ओखलढुंगामा एक बर्षको अवधीमा ७२ जना मानिस हराएका छन् । आर्थिक बर्ष २०८०÷०८१ मा जिल्ला बाट ७२ जना हराएका हुन् । बेपत्ता हुनेमा महिलाको संख्या धेरै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांकले देखाएको छ ।
प्रहरी कार्यालयको अनुसार ४० महिला, १८ जना पुरुष, एक जना बालक र १३ जना बालिका गरि जम्मा ७२ जना बेपत्ता भएको उजुरी आएको थियो । बेपत्ता भएका मध्ये ७१ जना फेला परेका छन् भने एक जना पुरुषको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
चालु आर्थिकको हाल सम्मको अवधीमा ३३ जना बेपत्ता भएको सूचना अधिकारी कार्कीले जानकारी दिए । चालु आर्थिक बर्षमा १६ महिला, ६ जना पुरुष, एक जना बालक र ८ जना बालिका गरि जम्मा ३३ जना बेपत्ता भएको प्रहरीमा उजुरी आएको छ । वेपत्ता मध्ये २७ जना फेला परेका छन् । अन्य चार जना महिला, एक बालिका र एक जना पुरुष गरि छ जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया