ओखलढुंगाका किसानले पालेका खसीबोकाको माग अन्य जिल्लामा बढ्दै गएको छ । चालु आर्थिक बर्ष २०८१÷०८२ को साउन देखि असोज मसान्त अर्थात दसैँसम्ममा गरि ४०० बढी खसिबोका काठमाणडौ लगायत बाहिरी जिल्ला निर्यात भएको हो ।
जिल्लाबाट धेरैजसो खसीबोका काठमाण्डौमा निकासी हुने गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाका सूचना अधिकारी धिरेन राईले जानकारी दिए ।
चालु आवको तीन महिनामा कार्यालयलाई प्राप्त विवरण अनुसार मात्रै पनि ४०० भन्दा बढी खसीबोका निर्यात भएका छन् । चालु आवको पहिलो त्रैमासिकमा दसैँ पनि परेकोले आठ हजार चार सय किलोग्राम अर्थात ८.४ मेट्रिक टन तौल बराबर खसीबोका काठमाण्डौ र छिमेकी जिल्लामा निर्यात भएका छन् ।
जसबाट ५४ लाख ४६ हजार बराबर खसीबोकाबाटै जिल्लाका किसानले आयअर्जन गरेका छन् ।
कतिपय विवरण केन्द्रसम्म आइनपुग्ने भएकाले निर्यातको परिमाण अझै धेरै रहेको हुनसक्ने केन्द्रले जनाएको छ । जिल्लाका स्थानीय तहसँग आवश्यक समन्वय गरेर तथ्यांक र विवरण लिने काम केन्द्रले गरिरहेको छ । जिल्लामा बार्षिक दुई करोड भन्दा बढीको नै खसीबोका निर्यात हुने गरेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया