जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले तीन महिनामा २३ लाख २३ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष २०८१–०८२ को साउन, भदौ र असोजमा गरि तीन महिना भित्र २३ लाख २३ हजार १० रुपैयाँ राजश्व संकलन गरेको हो ।
राहदानी शुल्क, न्यायिक दण्ड जरिवाना, जफत शुल्क, कम्पनी संस्था रजिष्टे«शन नवीकरण लगायतको शिर्षकमा कार्यालयले उक्त राजश्व संकलन गरेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा। नारायण ढकालले जानकारी दिए ।
२३ लाख २३ हजार १० रुपैया राजश्व संकलन गर्दा प्रशासनले यहि अवधिमा १२ लाख ७० हजार बराबरको राहत वितरण गरेको छ । विभिन्न विपद् तथा प्रकोपमा परि ज्यान गुमाएकाको परिवार तथा क्षति बेहोरेका परिवारलाई उक्त राहत वितरण गरिएको हो ।
यहि अवधिमा जिल्ला प्रशासन कार्यालयले नयाँ नेपाली नागरिकता प्रमाणपत्र ५६८, नागरिकता प्रतिलिपि ४९१, नाबालक परिचयपत्र १५ वटा वितरण गरेको प्रजिअ डा।ढकालले बताए ।
वैवाहिक अङ्गिकृत नागरिकता एक, कर्मचारी परिवारको नाता तीन, गैह्र आवासिय नेपाली नागरिकता एक जनालाई प्रदान गरिएको र तीन जनाले नागरिकता परित्याग गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै ४८७ जनालाई राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ । सेवाग्राही नागरिकको सहजताका लागि शनिबार बाहेक सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रदान भइरहेको प्रशासनले जनाएको छ ।
नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा बिदाको दिन पनि प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया