ओखलढुंगामा लडेर एक पुरुषको मृत्यु

ओखलढुंगामा लडेर एक पुरुषको मृत्यु


भिजन समाचार
530
Shares

ओखलढुंगा सदरमुकाममा लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका–१, घर भई सिद्धिचरण नगरपालिका १२ मा स्थित सगरमाथा जनता माध्यमिक विद्यालय नजिकै कोठाभाडामा बस्दै आएका अन्दाजी ६१ बर्षीय लिला बहादुर मगरको लडेर ज्यान गएको हो ।

सोमबार बिहान ७:४० बजे सगरमाथा जनता मावि जाने भित्र कच्ची सडक खण्डमा अचेत अवस्थामा स्थानीयले फेला पारेका थिए । तत्काल उद्धार गरि ओखलढुंगा सामुदायिक अस्पतालमा लगेर उपचार सुरु गरिएकोमा दिउँसो २:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

आवश्यक कानूनी प्रक्रिया पुरा गरि शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको र घटनाबारे अनससन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।