खोटाङ–ओखलढुंगा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्चद्वारा कैदीबन्दीलाई खेलकुद सामाग्री प्रदान

खोटाङ–ओखलढुंगा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्चद्वारा कैदीबन्दीलाई खेलकुद सामाग्री प्रदान


भिजन समाचार
2.4k
Shares

ओखलढुंगाका कैदीबन्दीलाई खेलकुद सामाग्री सहयोग प्राप्त भएको छ । खोटाङ–ओखलढुंगा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्चले दिपावलीको अवसर पारेर कैदीबन्दीलाई खेलकुद सामाग्री प्रदान गरेको हो ।

सोमबार एक कार्यक्रमका बिच ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल लगायत सुरक्षा निकायका प्रमुखहरुले कैदीबन्दीलाई ७ थान लुडो र दुई थान चेस हस्तान्तरण गरेका हुन् र

कैदीबन्दीलाई चेस र लुडो हस्तान्तरण गर्दै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी ढकालले सामाजिक संघ, संस्था, क्लब र मञ्चहरु समाजका पुँजी भएकाले आगामी दिनमा पनि यस प्रकारका कामलाई निरन्तरता दिन आग्रह गरे ।

कानूनको अज्ञानता र परिबन्धमा परि कारागार जीवन भोगिरहेका व्यक्तिहरुमा नकारात्मक सोच विचार हटाई सिर्जनात्मक सोँचको विकास गर्ने उद्धेश्यले उक्त खेलकुद सामाग्री वितरण गरिएको मञ्चका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

पारिवारिक र पारस्परिक सम्बन्ध विकास गर्ने सहज होस भन्ने उद्वेश्यले २०८१ असार ३० मा मञ्च गठन भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल सहित सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, पेशागत संगठनका प्रमुखहरु लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।