प्रथम रुम्जाटार फुटबल कपको उपाधि मितेरी फुटबल क्लब हिलेपानीले जित्याे

प्रथम रुम्जाटार फुटबल कपको उपाधि मितेरी फुटबल क्लब हिलेपानीले जित्याे


भिजन समाचार
1.9k
Shares

प्रथम रुम्जाटार फुटबल कपको उपाधि मितेरी फुटबल क्लब हिलेपानीले जितेको छ । मंगलबार भएको फाइनल खेलमा जगरबोट फुटबल क्लब रुम्जाटारलाई २–१ गोल अन्तरले हराउदै मितेरी फुटबल क्लबले उपाधि जितेको हो ।

प्रतियोगितामा जगरबोट फुटबल क्लब रुम्जाटार द्वितीय हुँदा सह–आयोजक युनाइटेड क्लब रुम्जाटारले तृतीय भएको छ । मंगलबार नै बिहान भएको प्रतियोगितामा भगवती फुटबल क्लब रुम्जाटारलाई ३–२ गोल अन्तरले हराउँदै सह–आयोजक रुम्जाटार युनाइडेड क्लब तृतीय भएको हो ।

प्रतियोगिताका सर्वाधिक गोलकर्ता मितेरी फुटबल क्लबका खेलाडी राजु राई भएका छन् भने उत्कृष्ट खेलाडी जगरबोट एफसीका प्रकाश श्रेष्ठ र उत्कृष्ट गोल रक्षक मितेरी एफसीकै जोन श्रेष्ठ भएको खेल संयोजक सनम गुरुङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय हुने टिमले क्रमश ५० हजार, ३५ हजार र २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उत्कृष्ट हुने खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजेता क्लब तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका उप–मेयर केदारबाबु बस्नेतले ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको साथै चर्चित डान्सर जुनु एसडी लगायतका कलाकारहरुले नृत्य तथा साँगितिक प्रस्तुति दिएका थिए । समापन कार्यक्रमको अवसरमा कलाकार र प्रतियोगिता सञ्चालनको लागि सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको आयोजक समाजका अध्यक्ष शिवदास गुरुङले बताए ।

रुम्जाटार युथ तथा रुम्जाटार कलाकार समाजको आयोजना र रुम्जाटार युनाइटेड क्लबको आयोजनामा सञ्चालन भएको बृहत साँस्कृतिक कार्यक्रम तथा फुटबल प्रतियोगिता हेर्न दर्शकको उल्लेख्य उपस्थिती थियो ।

प्रतियाेगिताकाे गत असोज २ गते कोशी प्रदेशका पूर्व मन्त्री अम्बिरबाबु गुरुङले उद्घाटन गरेका थिए ।