पछिल्लो समय ओखलढुंगामा सरकारी सवारी साधनको दुरुपयोग रोक्न ट्राफिक प्रहरीले चेकजाचलाई कढाई गरेको छ । सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले विशेष अभियान सञ्चालन गरेर चेकजाचलाई कढाई गर्न थालेको हो ।
सरकारी सवारी विना पास बिदाको दिन चलाईएको पाईएकोले त्यस्तो सवारी नियन्त्रणमा लिन सुरु गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका ईन्चार्ज आशिष काफ्लेले बताए । जिल्लामा प्रायः सरकारी सवारी साधन बिदा र शनिबारको दिनमा ब्याडमिन्टल खेल्न जाँदा र हटिया बजारमा आउने जाने गर्दा प्रयोग हुने गरेको पाइएपछि नियन्त्रण लिने गरिएको काफ्लेको भनाई छ ।
जिल्लामा सरकारी र सार्वजनिक बिदामा समेत सरकारी गाडिको दुरुपयोग बढेकाले अहिले आफुहरुको ध्यान सरकारी गाडिको दुरुपयोग रोक्नेमा रहेकाले निगरानी, नियन्त्रण र कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सरकारी सवारी सरकारी काम काजको लागि सरकारी कार्यालय खुलेको सुमयमा मात्र प्रयोग गर्न पाईन्छ भने अन्य विदाको समयमा सरकारी कामकै लागि चलाउनुपरे जिल्ला प्रशासन कार्यालय बाट पास लिनुपर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए । विभिन्न स्थानिय तहका कर्मचारी र जनप्रतिनिधी बाट सरकारी सवारी साधनको दुरुपयोग बढ्दो छ ।
प्रतिक्रिया