ओखलढुंगाको मोलुङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका–६ एलुङ खोला घर भई मोलुङ गाउँपालिका–६ चेप्टेमा आफन्तको बस्दै आएका अन्दाजी ५० बर्षीय दुतमान सुनुवार आइतबार मृत फेला परेका हुन् ।
शनिबार साँझ घरबाट गाई गोठ बनाउन जान्छु भनि हिडेका सुनुवार अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गर्नेक्रममा आइतबार बिहान चेप्टेमा लडेर मृत्यु भएको अवस्थामा शव फेला पारेका थिए ।
शव फेला परेको जानकारी पाएपछि प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।
ईलाका प्रहरी कार्यालय वरूणेश्वर रामपुरबाट प्रहरी निरीक्षक राजकुमार सापकोटाको कमाण्डमा खटिएको प्रहरीटोली आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन् ।
प्रतिक्रिया