सुपथ मुल्य पसलबाट ३७ लाख ८३ हजारको चामल बिक्री

सुपथ मुल्य पसलबाट ३७ लाख ८३ हजारको चामल बिक्री



ओखलढुंगामा चाडवर्पको अवसरमा सञ्चालन गरिएको सुपथ मुल्य पसलबाट ३७ लाख ८३ हजारको चालम बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडवर्पको अवसरमा सञ्चालन गरेको सुपथ मुल्य पसलबाट ३७ लाख ८३ हजार मुल्य बराबरको चामल बिक्री भएको हो । असोज ७ गतेदेखि सञ्चालनमा गरिएको  चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ५०० क्विन्टल चामल बिक्री भएको कार्यालयका शाखा प्रमुख मौसम माझीले बताए ।

सदरमुकामामा सञ्चालित सुपथ मूल्य पसलबाट अरुवा सोना मन्सुली चामल २३० क्वीन्टल र स्टिम जिरा मसिनो चामल २७० गरि ५०० क्वीन्टल चामल बिक्री भएको प्रमुख माझीले जानकारी दिए । ३७ लाख ८३ हजार मुल्य बरारको चामल बिक्री गर्दा दुई लाख ५० हजार छुट दिइएको माझीको भनाई छ ।

प्रति परिवार दुई बोरा दिने गरिएकोमा अब भने एक बोराको दरले मात्रै चामल बिक्री गरिने कार्यालयले जनाएको छ । कम्पनीले दुवै थरि चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।