ओखलढुंगाका कैदीलाई सभापति खतिवडाको खसी उपहार

ओखलढुंगाका कैदीलाई सभापति खतिवडाको खसी उपहार


भिजन समाचार
371
Shares

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुंगाका कारागारमा रहेका कैदिबन्दीलाई खसी उपहार दिएका छन् । विभिन्न कसुरमा कारबाही भोगिरहेका कैदिबन्दीलाई खतिवडाले दशैंको अवसर पारेर खसी दिएका हुन् ।

आवेग, उत्तेजना, परिबन्ध, हेलचेक्राँइ कानुनी अज्ञानतासहितका विविध कारण कानुनी कारबाहीमा परेर कैद भुक्तान गरिरहेपनि चाडपर्वको समयमा घरपरिवार र विगतको रमाईलो सम्झना आउने भएकाले कैदिबन्दीको पनि दशैं उमंगमय बनाउन खसी र चामल उपलब्ध गराएको खतिवडाले बताए । खतिवडाले कारागारमै पुगेर २ बोरा चामल र एउटा खसी जेलर लेखनाथ दाहाललाई हस्तान्तरण गरेका छन् । 

खतिवडाले विगतका वर्षहरुमा पनि दशैंको बेला कैदिबन्दीलाई मासुभात खान खसी र चामल सहयोग गर्दै आएका थिए ।

विगतमा सांसद रहँदा संविधानसभा सदस्य यज्ञराज सुनुवारले पनि कैदीलाई खसी उपहार दिने गरेका थिए ।

कैदिबन्दीलाई दशैंमा खसी चुनाव नजित्दा रामहरिले दिएका थिएनन् । चुनाव हारेपछि यज्ञराजले पनि दिएका छैनन् ।