वर्षौं पछि ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा उडान सुरु भएको छ । ठप्प भएको विमानस्थलमा करिब पाँच वर्ष पछि आईतबार समिट एयरलाईन्सले अवतरण गरेको छ । समिट एयरलाईन्सको परिक्षण उडान बताईए पनि यात्रु भएको खण्डमा नियमित उडान हुने बताईएको छ ।
चालक दलका चार जना र आफु सहित १८ यात्रु लिएर काठमाण्डौ बाट रुम्जाटार विमानस्थलमा समिट एयरले अवतरण गरेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा ओखलढुंगाका संघीय सांसद रामहरि खतिवडाले बताए ।
आफुले सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पटकपटक ताकेता गरेपछि बन्द रहेको रुम्जाटार विमानस्थलमा फेरि उडान सुरु भएको बताउँदै सभापति खतिवडाले यो आफ्नो र समग्र जिल्लाबासीका लागि खुशीको बिषय रहेको बताए ।
आगामी बुधबार देखी नियमित उडान हुने बताईएको छ । बिरामी तथा अत्यावश्यक भएकाहरुका लागि सहज हुने सभापति खतिवडाले बताए । २०३१ सालबाट नियमित उडान सुरु गरेको नेपाल एयरलाईन्स तथा निजी एयरलाईन्सहरुले २०७३ साल देखि नियमित उडान बन्द भएको थियो । २०७६ सालमा उडान सञ्चालन गर्ने बारे पहल भए पनि नियमति हुन सकेको थिएन । संघिय सांसद खतिवडा लयागत बाढीका कारण सडक अवरुद्ध हुदा काठमाण्डौमा रोकिएका विरामी यात्रुहरु जहाज मार्फत रुम्जाटार आएका थिए । रुम्जाटारमा नियमित उडान गराउन जिल्लाबासीले माग गरेका छन् ।
प्रतिक्रिया