चम्पादेवी र सुनकोशी गाउँपालिका विपत् सङ्कटग्रस्त क्षेत्र घोषित

चम्पादेवी र सुनकोशी गाउँपालिका विपत् सङ्कटग्रस्त क्षेत्र घोषित


भिजन समाचार
1k
Shares

ओखलढुंगाका २ वटा पालिकालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकाे छ । जिल्लाका चम्पादेवी र सुनकोशी गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकाे हाे ।

सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोमा ओखलढुंगाका पनि यि दुई पालिका परेका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित जिल्लाको पनि चम्पादेवी र सुनकोशी गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए ।

गत असोज १० गते देखि १३ गतेसम्मको भारी बर्षातका कारण चम्पादेवीको एउटै वडामा ४२ घर डुबान तथा परिरोमा परेका थिए भने सुनकोशी गाउँपालिकाको वडा नम्बर १, २ र ४ क्षेत्रमा ५०० रोपनी भन्दा बढी धान खेत बाढीले बगाउँदा लाखौँको क्षति भएको छ । जिल्ला विपद व्यवस्थापन समिति, सम्बन्धित पालिका र सरोकारवाला निकायको सिफारिस र ताकेताका आधारमा यि दुई पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको प्रजिअ ढकालको भनाई छ ।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै राहत वितरण र पुर्नस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने छ ।

ओखलढुंगाका दुई सहित देशैभरका ४१ पालिकामा पर्ने राजमार्ग क्षति भएको, सडकसञ्जाल विच्छेद भएको, नदीको तटीय क्षेत्र डुबानमा परेको, पुल बगाएको, विद्युत् र टेलिफोनको टावर तथा पशुचौपाया र कृषि क्षेत्रमा क्षति पुगेकाले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सरकारले जनाएको छ ।