जन्मदिनको अवसरमा श्रीचउरका युवा समाजसेवी थापाले बोधी चैत्य निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । मोलुङ गाउँपालिका–६ श्रीचउरका युवा समाजसेवी पुस्कर थापाले आफ्नो जन्मदिनको अवसरमा बोधी चैत्य निर्माणका लागि केहि दिन अघि आर्थिक सहयोग गरेका हुन् ।
थापाले मोलुङ गाउँपालिका–६ मानेडाँडामा बोधी चैत्य निर्माणका लागि पाँच हजार १५१ रुपैयाँ निर्माण समितिलाई हस्तान्तरण गरेका छन् । थापाले आफ्नो जन्मदिनको अवसरमा विगत चार वर्ष देखी विभिन्न सामाजिक सेवा गर्दै आएका छन् ।
प्रतिक्रिया