अबिरल वर्षाका कारण पहिरे खोलामा आएको खहरे बाढीमा फसेको यात्रुबाहक बस निकालिएको छ । आज दिउसाे मोलुङ गाउँपालिकाको प्राप्चा बाट ओखलढुंगा सदरमुकाम तर्फ आउदै गरेको बा ४ ख १९९० नम्बरको बस सोही गाउँपालिकाको वडा नं.२ मा रहेको पहिरे खोलामा आज दिउसो फसेको थियो ।
खहरे सम्गै आएको लेदोमा बस फसेको थियो । बसमा सवार यात्रुहरु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए ।
नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानियको प्रयासमा बस निकालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बर्खाको समयमा पहिरे खोलाले नागरिकलाई सास्ती दिने गरेको छ । यो खोलामा चाढै बेलिब्रिज राख्ने तयारी भईरहेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।
प्रतिक्रिया