ओखलढुंगाको विगुटारका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । सिद्धिचरण नगरपालिका–७ विगुटारका विभिन्न विद्यालयका विद्यार्थीलाई विगुटार विकास फाउन्डेशनले शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गरेको हो ।
फाउन्डेशनको सहयोगमा वडाका विभिन्न विद्यालयका गरि १४ जना विद्यार्थीलाई मंगलबार सिलाई खर्च सहित विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष भल बहादुर कटवालले बताए ।
विराज फाउन्डेशनका सल्लाहकार यादव कोइरालाले आफ्ना स्वर्गीय आमा नरमाया कोइरलाको स्मृतीमा स्थापना गरेको ५० हजारको अक्षय कोषको ब्याज रकमबाट रत्न आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । सल्लाहकार तथा समाजसेवी कोइरलाले एक स्थानीयलाई रोगको उपचारको लागि पाँच हजार सहयोग गरेको र स्थानीय विपन्न नागरिकहरुलाई कपडा पनि प्रदान गरेको वडा अध्यक्ष कटवालले जानकारी दिए ।
प्रतिक्रिया