ओखलढुंगामा चाडपर्वलाई लक्षित ट्राफिक अनुगमनमा कढाई गरिएको छ । चाडपर्वको समयमा ट्राफिक नियम उल्लंघनका घटनाहरु बढी हुने भएकाले चेकजाचमा कढाई गरिएको हो । चाडबाडको समयमा यात्रु र सवारीको चाप बढ्ने भएकोले सावारी दुर्घटना न्युनिकरण साथै ट्राफिक नियम उल्लंघन नहोस भन्ने उद्देश्यले सवारी चेकजाचमा कढाई गरिएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले बताए ।
सवारी नियम उल्लंघन गर्ने, क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने तथा सवारी चालक अनुमति पत्र लाइसेन्स बिना सवारी चलाउने, मादक पदार्थ सेवन गरि सवारी चलाउने लगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई नियम अनुसार कडा कारबाही प्रहरी नायब उपरिक्षक खड्काले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा चाडपर्व लक्षित चेकजाँच र सचेतना अभियानलाई तिब्रता दिने योजना रहेको प्रनाउ खड्काले जानकारी दिए ।
प्रतिक्रिया