ओखलढुंगाको पहिरे खाेलामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा खोलामा बेलिब्रिज राखिने भएको छ । ओखलढुंगा सदरमुकाम देखी मोलुङ गाउँपालिका रामपुर सडक खण्डमा पर्ने पहिरे खोलामा बेलिब्रिज राख्ने तयारी भएको हो ।
हाल ईलामको पुवा खोलामा रहेको बेलिब्रिज ल्याएर ओखलढुंगाकाे पहिरे खोलामा राख्ने विषयमा मन्त्रीस्तरिय निर्णय भईसकेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुंगाका संघिय सांसद खतिवडाले बताए ।
ईलाम बाट नेपाली सेना मार्फत ढुवानी गरेर ल्याउने र जडान गर्ने तयारी भएको समेत सांसद खतिवाडले जानकारी दिए । यस विषयमा रक्षा मन्त्रालय संग समन्वय भएको खतिवडाको भनाई छ । पहिरे खोलामा पक्की पुल बनेपछी पुनः नेपाल सरकारलाई फर्काउने गरी बेलिब्रिज लगाउन लागिएको बताईएको छ ।
पहिरे खोलाले वर्षेनी बर्खाको समयमा ओखलढुंगा सदरमुकाम देखी पश्चिम क्षेत्रका मोलुङ, सुनकोशी, खिजिदेम्बा, लिखु र चम्पादेवी गाउँपालिकाका नागरिकलाई सास्ती दिने गरेको छ ।
प्रतिक्रिया