ओखलढुंगाको पर्यटकीय बजार मध्येको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाडेबजारमा सरसफाई गरिएको छ । पर्यटकीय सिजनको सुरुवात साथै दशै लगायत चाडहरु नजिकिदै गर्दा ठाडेबजारलाई सफाई गरिएको हो । ४५ औँ सामाजिक दिवसको अवसरमा सहयोगी हातहरुको समूह (सहास) नेपालको लिफ्ट परियोजनाको अगुवाईमा बजारमा सरसफाई गरिएको हो ।
ओखलढुंगा–सोलुखुम्बु मुख्य राजमार्गमा गर्ने ठाडेबजार सफा, सुन्दर र स्वच्छ राख्न सरसफाई गरिएको (सहास) नेपालको लिफ्ट परियोजना अधिकृत देवेन्द्र लामाले बताए । यहाँ अर्गानिक उत्पादन साथै होम स्टेहरु सञ्चालन गरिएका छन् । ठाडेमा रहेको कोइरे मुला पार्कमा २० वटा फुल सहितको गमला राखिएको लामाले जानकारी दिए ।
ठाडे बजार, बुङको आलु, लोत्सेबारीको आलु, कोइरे मुला, सेतो सिमी, स्थानीय तरकारी साथै स्थानीय परिकार रिल्दुक लगायतले प्रसिद्ध छ । वडाअध्यक्ष मेखबहादुर मगर लगायत जनप्रतिनिधि, नेपाल प्रहरी, सिर्जनशील महिला कृषि समूह र स्थानीय गमला व्यवस्थापन साथै सरसफाईमा सहभागी भएका थिए ।
प्रतिक्रिया