ओखलढुंगामा साताव्यापी रेविज विरुद्धको खोप अभियान सुरुभएको छ । विश्व रेविज दिवस सन २०२४ को अवसरमा घर पालुवा तथा सामुदायिक कुकुर, बिरालोलाई निःशुल्क रेविज विरुद्धको खोप लगाउन थालिएको छ ।
दिवसको अवसरमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाले घर पालुवा तथा सामुदायिक कुकुर, बिरालोलाई निःशुल्क रेविज विरुद्धको खोप लगाएको हो । असोज १२ गतेसम्म रेविज विरुद्धको खोप अभियान सञ्चालन गरिएको केन्द्रका प्रमुख एवम वरिष्ठ पशु चिकित्सक डा. सुशील कुमार अधिकारीले बताए ।
रेबिज रोग लागे ज्यानै जाने जोखिम हुने भएकाले त्यो जोखिम कम गर्नका लागि सचेतनासँगै निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिएको प्रमुख अधिकारीको भनाई छ । रेविज संक्रमित कुकुरकाे टाेकाईबाट मानिसमा रेविज राेग सर्ने सम्भावना हुन्छ ।
आफ्नो घरमा रहेका कुकुर, बिरालो र सामुदायिक कुकुरलाई खोप लगाउन ल्याउन भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाले अनुरोध गरेको छ ।
प्रतिक्रिया