ओखलढुंगाको लिखु गाउँपालिका–६ खोल्टेमा युवाहरुले श्रमदान मार्फत सडक मर्मत गरेका छन् । वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरको अगुवाई र स्थानीय युवाहरुको सक्रियतामा वडाको खोलाखर्कमा सडक मर्मत गरेका हुन् ।
५० जना भन्दा बढी स्थानीयको सहभागितामा बर्षातका कारण बिग्रिएको गाम्नाङ्टार–शिरिसे सडक खण्डाको खोलाखर्कमा सडक मर्मत गरिएको छ ।
बर्षातको भेल बाढीका कारण बाटो बिग्रिएर आवजावतमै समस्या भएपछि स्थानीय जुटेर सडक मर्मत गरिएको वडा अध्यक्ष मगरले बताए । मर्मत पछि सवारी आवागमनमा थप सहज भएको उनको भनाई छ ।
श्रमदानमा जुट्ने स्थानीयको लिखु गाउँपालिका–८ का व्यवसायी तथा समाजसेवी जितेन्द्र पौडेलले खाजाको व्यवस्था गरेका थिए । लिखु–६ को मात्र नभएर छिमेकी वडाका पनि जनप्रतिनिधि र स्थानीयले स्वतस्फुर्त रुपमा श्रमदान गरेको वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया