राष्ट्रियस्तरको ब्याडमिन्टनमा जनप्रतिनिधी तर्फकाे उपाधि ओखलढुंगाका दुई वडा अध्यक्षले जिते

राष्ट्रियस्तरको ब्याडमिन्टनमा जनप्रतिनिधी तर्फकाे उपाधि ओखलढुंगाका दुई वडा अध्यक्षले जिते


भिजन समाचार
2.2k
Shares

राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगितामा ओखलढुंगा दुई जना वडा अध्यक्ष विजयी  भएका छन् । संविधान दिवसको अवसरमा पूर्वी चितवन स्पोर्टस क्लब रत्न नगर नगरपालिका–३ चितवनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न सात विधामध्ये जनप्रतिनिधी तर्फ जिल्लाका दुई वडा अध्यक्षले जित हासिल गरेका हुन् ।

शुक्रबार भएको फाइनल खेलमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्दराम तामाङ र मानेभन्ज्याङ गाउँपालिका–५ का वडा अध्यक्ष राम कुमार राईको जोडीले धादिङको गजुरी गाउँपालिका अध्यक्ष गशेणलाल श्रेष्ठ र काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै विजेता बनेका हुन् ।

विजेता बनेसँगै वडा अध्यक्षद्वयको टिमले नगद रु. ३१ हजार १११ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।