खानेपानी उपभोक्ता समिति ओखलढुंगाको अध्यक्षमा सानुबाबु निर्वाचित

खानेपानी उपभोक्ता समिति ओखलढुंगाको अध्यक्षमा सानुबाबु निर्वाचित


भिजन समाचार
1k
Shares

खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा सानुबाबु खड्का निर्वाचित भएका छन् ।  समितिको छैठौँ साधरणसभा तथा अधिवेशन बाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का नेपाली काँग्रेस निटकका हुन् ।

खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ उपभोक्ता समिति चयन भएको छ । अध्यक्षका उम्मेदवारहरु रुपेश शाक्य र अम्बीका श्रेष्ठलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २२१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी शाक्यले १६२ र श्रेष्ठले १५८ मत प्राप्त गरेका छन् । शाक्य माओवादी र श्रेष्ठ एमाले निटकका उम्मेदवार हुन् ।

समितिको उपाध्यक्षमा शत्रुधन कटवाल र सचिवमा युवराज राई निर्विरोध चयन भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टुकराज निरौलाले जानकारी दिए ।

कोषाध्यक्षमा विमला कुमारी वि.क निर्वाचित भएकी छन् । उपभोक्ता समितिमा एक हजार १८ जना सदस्य रहेपनि ५६२ जनाले मात्र मतदान गरेका थिए ।  १८ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा मोहन कुमार सुवदी, तुलसी दयाल, सुरेश कुमार श्रेष्ठ, लाक्पा तामाङ, मोहन कुमार श्रेष्ठ, भिम बहादुर खत्री, उत्तम केसी, राजकुमार खत्री, सुनिल राजभण्डारी, निश्चलराज भण्डारी र विनय श्रेष्ठ निर्वाचित भएका छन् । पदाधिकारी छनौटमा सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी छनौट गरिएको थियो ।