संविधान दिवसको अवसरमा धार्मिक स्थलमा सरसफाई

संविधान दिवसको अवसरमा धार्मिक स्थलमा सरसफाई



ओखलढुंगामा पनि संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा सरसफाई, ब्याडमिन्टन प्रतियोगिता, दिपावली लगायतको कार्यक्रम आयोजना गरिएको छ ।
बिहीबार बिहान सिद्धिचरण नगरपालिका–११ मा रहेको जाल्पा मन्दिर परिसरमा सरसफाई गरिएको छ । वातावरण सफा, स्वच्छ राखे स्वस्थ रहिन्छ र जिल्लाका धार्मिक सम्पदाको संरक्षणमा सबै जुट्नुपर्छ भन्ने सन्देश सहित दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले बताए ।
प्रमुख जिल्ला अधिकारी ढकालको संयोजकत्वमा जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, नेपाली सेनाको दुर्गा बक्स गण, जिल्ला प्रहरी कार्यलय, सशस्त्र प्रहरी बल आश्रित गुल्म र राष्ट्रिय अनुसन्धानका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, शैक्षिक संस्थाका प्रतिनिधी लगायतको सहभागितामा धार्मिक स्थलको सरसफाई कार्यक्रम गरिएको हो ।
आजै ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल र विजेतालई पुरस्कार वितरण हुने र साँझ सिद्धिचरण नगरपालिका–१२ मा स्थित गणेश मन्दिर परिसरमा सामुहिक दिप प्रज्वलन गरेर दिवस मनाइन प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।