ओखलढुंगाको अधिकारी र श्रेष्ठले पाए राष्ट्रिय शिक्षा पुरस्कार

ओखलढुंगाको अधिकारी र श्रेष्ठले पाए राष्ट्रिय शिक्षा पुरस्कार


भिजन समाचार
11.6k
Shares

यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कारका ओखलढुंगाका दुई जना प्रधानाध्यापक पुरस्कृत भएका छन् । साुमदायिक विद्यालय तर्फ जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–७ को हर्कपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुरनाथ अधिकारी र संस्थागत विद्यालय तर्फ सिद्धिचरण नगरपालिका–१२ को लाली गुराँस इंलिस स्कुलका प्रधानाध्यापक सूर्यबहादुर श्रेष्ठ पुरस्कृत भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कारबाट ओखलढुंगाका अधिकारी र श्रेष्ठ सम्मानित भएका हुन् । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरे बापत राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा घोषणा भए अनुसारको पुरस्कार स्वरुप प्रमाण–पत्र पछि प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक शिक्षाका लागि विद्यालयमा आफुले निर्वाह गरेको भूमिकालाई मुल्यांकन गरेर पुरस्कृत गरेकोमा खुशी लागेको हर्कपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक अधिकारीले बताए ।
यस्तै संस्थागत विद्यालयबाट जिल्लाका शैक्षिक क्षेत्रको विकासका लागि महत्वपुर्ण योगदान गरिरहेको प्रयासलाई मुल्यांकन गरेर पुरस्कृत गरेकोमा आफु हर्षित भएको लाली गुराँस इंलिस स्कुलका प्रधानाध्यापक श्रेष्ठको भनाई छ ।