बलखुमा कृषि क्रान्ती गर्ने लुईटेलको शालिक निर्माण

बलखुमा कृषि क्रान्ती गर्ने लुईटेलको शालिक निर्माण


भिजन समाचार
1k
Shares

हालको सुनकोशी गाउँपालिका–१, तत्कालिन बलखु गाउँ विकास समिति अन्तरर्गतको बलखु गाउँमा ४५ वर्ष अघि धान खेती गरिन्थ्यो । बलखु गाउँ देखी लामो दुरीमा रहेका छाङ खोला र आम्बोट बाट कुलोमा पानी ल्याएर सिंचाई गरिएको थियो ।
अहिले बलखु गाउँमा सिंचाई सुविधा पनि छैन र खेत पनि छैन । २०३६ सालमा तत्कालिन बलखुका अगुवा ओखलढुंगा जिल्लाको पञ्चाय सभापति टंकनाथ लुईटेलको अगुवाईमा बलखु गाउँमा कुलो मार्फत पानी ल्याएर सिंचाई गरिएको थियो । उनै कृषिमा क्रान्ती ल्याउने लुईटेलको शालिक निर्माण गरिएको छ ।
तत्कालिन जिल्ला पञ्चायत सभापति सामाजिक अभियान्ता लुईटेलको स्मरण र सम्मानका लागि शालिक निर्माण गरिएको हो । सुनकोशी गाउँपालिका–१ बलखुमा रहेको लुईटेलको पुख्र्यौली घर नजिकै उनका स्वर्गिय धर्मपत्नीहरु टिकादेवी लुईटेल र नारायण कुमारी लुईटेलको समेत शालिक निर्माण गरिएको लुईटेलका छोरा नबराज लुईटेलले बताए । टीएन प्रतिष्ठान बलखु मार्फत शालिक निर्माण गरिएको लुईटेलको भनाई छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघिय सांसद रामहरि खतिवडा, प्रदेश सांसद प्रदिप कुमार सुनुवार, नेपाली काँग्रेसका सभापति तेजेन्द्र खनाल लगायत नेपाली काँग्रेस लगायत विभिन्न दलका जिल्ला तथा केन्द्र तहका नेताहरु र स्थानियको उपस्थितिमा स्वर्गिय लुईटेल र उनका पत्नीहरुको शालिक अनावरण गरिएको थियो । सन् १९८७ सालमा जन्मिएका लुईटेलको वि.स २०३८ सालमा ५१ वर्षको उमेरमा निधन भएको थियो । लुईटेललाई सामाजिक अभियान्ता साथै सम्पुर्ण जाति र पार्टीको प्रतिनिधिका रुपमा लिने गरिएकाे स्थानिय अग्रजहरुकाे भनाई छ ।