ओखलढुंगामा घटेन डेंगी संक्रमण, ५४ जनामा पुष्टि

ओखलढुंगामा घटेन डेंगी संक्रमण, ५४ जनामा पुष्टि


भिजन समाचार
318
Shares

ओखलढुंगामा डेंगी संक्रमण दर बढिरहेको छ । जिल्लामा हाल सम्म ५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका सूचना अधिकारी विनोद पोखरेलका अनुसार २६ जना पुरुष र २८ जना महिला गरि ५४ जनामा संक्रमण पुष्टि छ ।
संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पोखरेलले जानकारी दिए । संक्रमण रोकथामका लागि मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको विभिन्न क्षेत्रमा लार्भा नष्ट र बिषदी छिड्काउ अभियान सञ्चालन गरिएको जिल्ला स्पास्थ्य कार्यालयले जनाएको छ ।
ओखलढुंगा सामुदायिक अस्पतालमा डेंगी परिक्षण र उपचार भइरहेको छ । डेंगी संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट बच्ने बारे सतर्कता अपनाउन स्वास्थय कार्यालयले नागरिकलाई आग्रह गरेको छ ।
लामखुट्टेको टोकाई बाट बच्न घर, कार्यालय वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पुरा बाहुला भएको कपडा लगाउन आग्रह गरिएको छ । डेंगी लागेको शंका लागेमा वा अत्याधिक टाउको दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने लगायतका स्वास्थ्य समस्या भएमा तत्काल परिक्षण गराएर उपचार गराउन स्वास्थ्य कार्यायले आग्रह गरेको छ ।