ओखलढुंगामा रहेका कोशी प्रदेश सरकार मातहतका सरकारी कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा कूल विनियोजित बजेटको ८१.८८ प्रतिशत पुँजिगत खर्च गरेका छन् । प्रदेश लेखा इकाई कार्यालय ओखलढुंगाका अनुसार उक्त लथ्यांक सार्वजनिक भएको हो । ८१.८८ प्रतिशत अर्थात एक अर्ब २७ करोड ३१ लाख ५६ हजार ६५२ रुपैयाँ पुँजीगत खर्च गरेका हुन् ।
प्रदेश सरकारले प्रदेश सरकार मातहतका सरकारी कार्यालयका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर दुई अर्ब १८ करोड २१ लाख ३८ हजार रकम विनियोजन गरेको थियो ।
जिल्लाका सरकारी कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१.६९ प्रतिशत अर्थात एक अर्ब ७८ करोड २६ लाख १७८ रुपैया ८४ पैसा रकम खर्च भएको प्रदेश लेखा एकाइ कार्यालयका इकाई प्रमुख ध्यानविर राईले बताए । गत आर्थिक वर्षको खर्च दर समग्रमा सन्तोष जनक रहेको र पुँजीगत खर्च पनि उत्साहजनक रहेको इकाई प्रमुख राईले बताए ।
कार्यालयको चालु तर्फ कुल ६२ करोड ७२ लाख ५५ हजार विनियोजन भएकोमा कुल बजेटको ८१.२३ प्रतिशत अर्थात ५० करोड ९४ लाख ४३ हजार ५२६ रुपैयाँ ८४ पैसा रकम खर्च भएको इकाईले जनाएको छ ।
जिल्लाका प्रादेशिक सरकारी कार्यालयबाट ३९ करोड ९५ लाख ३८ हजार ८२१ रुपैयाँ १६ पैसा रकम खर्च हुन नसकेर फ्रिज अर्थात फिर्ता गएको थियो ।
प्रतिक्रिया