यातायातमा व्यवस्था कार्यालय ओखलढुंगा रुम्जाटारमा तीन करोड बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयमा तीन करोड ५६ लाख ५७ हजार ३५७ रुपैयाँ राजश्व संकलन भएको जनाईएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा राजश्व संकलन दर बढेको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा एक करोड ८७ लाख ३७ हजार ७५७ रुपैयाँ राजश्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा तीन करोड एक लाख ५३ हजार ४६८ रुपैयाँ संकलन भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्ष भन्दा ५५ लाख तीन हजार ८८९ रुपैयाँले वृद्धि भएर तीन करोड ५६ लाख ५७ हजार ३५७ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख कमलदेव यादवले बताए ।
सवारी साधन कर, सवारी ईजाजत र सवारी चालक अनुमति पत्र (लाइसेन्स) दस्तुर, यातायात क्षेत्रको आम्दानी, यातायात व्यवसाय रजिष्ट्रेशन दस्तुर, अनुगमन दण्ड जरीवानाबाट उक्त राजश्व संकलन भएको प्रमुख यादवले जानकारी दिएका छन् ।
ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी क्षेत्रका नागरिकले यस कार्यालय बाट सेवा लिने गरेका छन् ।
प्रतिक्रिया