परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले ओखलढुंगाको जन्तरखानी ठाडेमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गरिने भएको छ । सिद्धिचरण नगरपालिका र सहयोगी हातहरुको समुह सहास नेपालको (लिफ्ट) परियोजनाको आयोजनामा शुक्रबार र शनिबार ‘सामुदायिक बीउ बैंक’ स्थापनाबारे तयारी भएको हो ।
परम्परागत र लोपोन्मूख रैथाने बीउबीजनको संरक्षण गर्ने उद्वेश्यले उक्त बिषयमा सिनपा–६ जन्तरखानी ठाडे र पात्लेका कृषकहरुलाई तालिम दिइएको सहास नेपालको (लिफ्ट) परियोजना अधिकृत देवेन्द्र लामाले जानकारी दिए ।
बीउ बैंकमा आलु, मुला, धान, मकै, गहुँ, जौ, तोरी लगायतका खाद्य तथा नगदेबालीका लोपोन्मूख र परम्परागत बीउबीजन सङ्कलन गरेर कसरी राख्न सकिन्छ भन्ने बिषयमा कृषकहरुलाई शैद्धान्तिक र व्यवहारीक रुपमा सिप प्रदान गरिएको हो । तालिममा तरकारी संकलन केन्द्र सञ्चालन सम्बन्धि पनि तालिममा सिकाइएको थियो ।
तालिममा सिनपा–६ को सप्तरेखी महिला कृषक समूह पात्ले र सिर्जनशील महिला कृषक समुह ठाडेका २० भन्दा बढी कृषमहरुको सहभागीता थियो ।
उन्नत जातका बीउबाट उत्पादन राम्रो हुने भएकाले त्यसतर्फ कृषक आकर्षित हुने र स्थानीय जातका बीउबाट उत्पादित अन्नबाली स्वादिष्ट हुने भएकाले रैथाने बालीको प्रवद्र्धनका लागि ‘सामुदायिक बीउ बैंक’ राख्ने तयारीका लागि उक्त अवधारणा ल्याइएको हो ।
प्रतिक्रिया