घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाले आर्थिक बर्ष २०८०/०८१ मा २० वटा उद्योग सम्बन्धी तालिम सञ्चालन गरेको छ । कार्यालयले उद्यमशिलता विकास सम्बन्धी पाँच वटा र सीप विकास सम्बन्धी १५ वटा गरि २० वटा तालिम सञ्चालन गरेको हो ।
जिल्लाको सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका, सुनकोशी, मोलुङ र खिजीदेम्बा गाउँपालिकामा विभिन्न तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख जितेन्द्र राईले बताए ।
विभिन्न स्थानिय तह सँगको समन्वयमा उद्यमसिलता र सीपविकास तर्फ कटाई–सिलाई, आधारभूत कम्प्युटर, केश श्रंगार, ढाका बुनाई, कुक, बेकरी र होम स्टे लगायतका तालिम सन्चालन गरिएको प्रमुख राईको भनाई छ । युवाहरुलाई स्वरोजगार बनाउने खालका तालिम प्रदान गरिएको उनले जानकारी दिए ।
यसैबिच कार्यालयले ७८ वटा उद्योगलाई आवश्यक प्रविधि सहयोग गरेको छ ।
प्रतिक्रिया