ओखलढुङ्गामा ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार ४६३ सवारी कारबाहीमा परेका छन् । सवारी कारबाही बाट ४६ लाख ९५ हजार ५०० राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले सवारी कारबाही बाट उक्त राजश्व संकलन गरेको हो । कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै जिप–कार कारबाहीमा परेका छन् ।
एक बर्षमा तीन हजार ३३० वटा जिप–कार, मोटरसाइकल एक हजार २८१ वटा, ट्रक १०१, बस ३४९, ट्रिपर २७८, ट्याक्टर १४६ वटा र अटो–टेम्पो ६८ वटा कारबाहीमा परेका छन् । सबैभन्दा धेरै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएर कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै तीव्र गतिमा सवारी चलाएका, ब्लुबुक नवीकरण नगरेक, ट्राफिक नियम पालना नगरेका, क्षमता भन्दा बढी यात्रु तथा सामान राखेका, मादक पदार्थ सेवन गरि सवारी चलाएका चालक कारबाहीमा परेका छन् ।
प्रतिक्रिया