ओखलढुंगामा बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो ।
एक १२ वर्षिय र अर्की १४ वर्षिय बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरिक्षक विजय कार्कीले बताए । बालिकाको आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरिक्षक कार्कीको भनाई छ ।
सदरमुकामको एक होटलमा लगेर १२ र १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाई उनिहररु विरुद्ध बालिकाका आफन्तहरुले गत सोमबार प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा एक जनालाई सोही दिन र अर्कालाई मंगलबार पक्राउ गरि घटनाबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घटनाको थप विवरण प्रहरीले गोप्य राखेको छ ।
प्रतिक्रिया