साना दलहरुको काम च्याखे थाप्ने बाहेक अरु नभएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् । नेपाल प्रेस सोसाइटी भक्तपुरले आयोजना गरेको कार्यक्रममा सम्बोधनका क्रममा सभापति खतिवडाले यस्तो बताएका हुन् ।
अस्थिर सरकारको कारक पनि साना दलहरु रहेको ओखलढुंगाको संघिय सांसद एवम् सभापति खतिवडाले आरोप लगाएका छन् । “च्याखे थाप्ने साना दलहरु सरकारमा राखियो भ्यागुतोको धार्नी पुरा¥याउन खोज्यो फुत्त उफ्रेर कुन बेला कहाँ जाने पत्तै नहुने” खतिवडाले भने ।
त्यसकै कारणले आगामी निर्वाचनमा नेपाली काँग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हो भन्ने थाहा हुदाहुदै उसै सँग मिलेर सरकार बनाउनु परेको नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका खतिवडाले बताए ।
जनतामा निरासा, वितृष्णा पैदा भएको यो समयमा सरकारले जनतामा आशा जगाउने काम गर्न आवश्यक रहेको सभापति खतिवडाको भनाई छ । स्थायी सरकार निर्माणका लागि संविधान संसोधन गर्न आवश्यक रहेको संघिय सांसद खतिवडाले बताए ।
प्रतिक्रिया