अविरल वर्षा सँगै आएको पहिरोले ओखलढुङ्गा जिल्लाको प्रसिद्ध धार्मिक स्थल चम्पादेवी ककनीको मन्दिर बगाएको छ । चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मीक स्थल चम्पादेवीको मन्दिर पहिरोले बगाएको हो ।
मन्दिर भन्दा माथी बाट आएको पहिरोले पुर्ण रुपमा चम्पादेवीको मन्दिर बगाएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए । केही साता अघिको पहिरोले सामान्य क्षती गरेको भए पनि बुधबार राती आएको पहिरोले मन्दिर पुर्ण रुपमा बगाएको अध्यक्ष केसीको भनाई छ ।
पुरातात्विक महत्व बोकेको र यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल भएकाले यसको पुन निर्माण गरिने अध्यक्ष केसीले बताए । गाउँपालिकाले मात्र पुनः निर्माण गर्न असम्भव भएकाले प्रदेश र संघ सरकार संग समन्वय गरिने अध्यक्ष केसीले जानकारी दिए । रहेक वर्षको ठुली एकादशीमा यहाँ मेला लाग्छ । दर्शनार्थीहरुले शक्ती पिठका रुपमा यहाँ पुजा आजा गर्ने गर्दछन् ।
भिडियाे सामाग्री: https://www.facebook.com/share/v/jnMLjchEJx3aEGEU/
प्रतिक्रिया