प्रदेशका जिल्लाहरुको समस्या बुझेर त्यसै अनुसार समाधानका उपाय खोज्न कोशी प्रदेशका मन्त्रीहरु जिल्ला भ्रमणमा निस्किएका छन् । सोही क्रममा कोशी प्रदेशका दुई जना मन्त्रीहरु ओखलढुङ्गा आईपुगेका छन् । खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की र अन्तरिक मामिला तथा कानून मन्त्री लिला बल्लभ अधिकारी जिल्ला हुन् ।
केही दिन अघि सोलुखुम्बुको थामेमा गएको बाढीले पु¥याएको क्षतिको अवस्था अनुगमन गरेर फर्किने क्रमममा मन्त्री द्वयले ओखलढुङ्गाका सरोकारवालाहरु सँग जिल्ला सदरमुकाममा समसामयिक विषयमा छलफल गरेका छन् ।
स्थलगत रुपमा भूगोलमै पुगेर जनता र जिल्लाका समस्या बुझेर त्यसै अनुसारको समाधान निकाल्न जिल्लाहरु भ्रमणमा गरिएको खानेपानी मन्त्री कार्कीले बताए । प्रदेशका विभिन्न जिल्लाहरुमा अझै पनि खानेपानीको विकराल समस्या रहेकोले यसको दिर्घकालिन समाधानका लागि मन्त्रालयले तयारी गरिरहेको मन्त्री कार्कीको भनाई छ ।
वर्षादको समयमा विपदजन्य घटना न्युनिकरणका लागि पुर्वतयारी र विपद् आइपर्दा दु्रत प्रतिकार्यको लागि प्रदेशले काम गरि रहेको अन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीले बताए । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेशले ‘विपद पोर्टल एप’ सञ्चालनमा ल्याएको मन्त्री अधिकारीले जानकारी दिए ।
यस्तै जोखिम युक्त क्षेत्रहरुको तथ्य, तथ्यांक र अवस्थाबारे जानकारी प्रदेश सरकारले निरन्तर लिइरहेको तथा सबै प्रकारका विपद् न्यूनीकरणको लागि काम भइरहेको मन्त्री अधिकारीको भनाई छ । अवलोकन भ्रमणका क्रममा देखिएका जिल्ला र जनताका समस्या समाधानका लागि आफुहरुले प्रभावकारीताका साथ काम गर्ने मन्त्री द्वयले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया