सडक डिभिजन हर्कपुरद्वारा आठ किलोमिटर सडक कालोपत्रे

सडक डिभिजन हर्कपुरद्वारा आठ किलोमिटर सडक कालोपत्रे



सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरेको छ ।

कार्यालय प्रमुख सिंह बहादुर बिष्टका अनुसार गत आवमा जिल्लामा एउटा मात्र सडक कालोपत्र भएको हो । साँघुटार–ओखलढुंगा–कुईभिर सडकको आठ किलोमिटर सडक कालोपत्रे भएको उनले जानकारी दिए ।

यस्तै दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । स्थानीय सडक पुल निर्माण शिर्षकमा दुई वटा पुल सम्पन्न भएको छ भने छ वटा पुल निर्माणधिन रहेको डिभिजन प्रमुख बिष्टले बताए । 

डिभिजनले गत आवमा ७३.७ किलोमिटर राजमार्ग कालोपत्रे सडक आवधिक मर्मत गरेको छ भने १३.५ कि.मि राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको गरेको छ । कार्यालयका अनुसार १७.८ कि.मि सडक चौडा गरिएको छ भने ३.१ कि.मि नयाँ ट्रयाक विस्तार भएको छ ।

गत आर्थिक बर्षमा विनियोजित बजेट ६० करोड २८ लाख रहेकोमा उक्त बजेटको ९०.८७ प्रतिश खर्च भएको सडक डिभिजन कार्यालय हर्कपुरले जनाएको छ ।