दुर्गा बक्स गणले दुधकुण्ड मेलामा स्वास्थ्य शिविर चलाउने

दुर्गा बक्स गणले दुधकुण्ड मेलामा स्वास्थ्य शिविर चलाउने


भिजन समाचार
1.9k
Shares

दुर्गा बक्स गण ओखलढुंगाले दुधकुण्ड मेलामा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । जनैपुर्णिमाको अवसरमा भदौ ३ गते सोलुखुम्बुको दुधकुण्डमा लाग्ने मेलामा शिविर राखेर दर्शनार्थीलाई गणले स्वास्थ्य सेवा दिने भएको हो ।

दुधकुण्ड मेलामा बर्षेनी सैयौँ दर्शनार्थी पुग्ने गरेको र मेलामा वृद्धवृद्धा पनि धेरै हुने तथा ‘हाई अल्टिच्युड’को कारण लेक लागेर स्वास्थ्य समस्या देखिनसक्न जोखिम हुन्छ । त्यसैले गणले  प्रहरी, प्रशासन, पालिका र  अस्पतालसँगको समन्वयमा शिविर सञ्चालन र आपतकालिन उद्धारको समेत व्यवस्था मिलाएको दुर्गा बक्स गण ओखलढुंगाका गणपति विजयप्रकाश आङदेम्बेले बताए ।

अघिल्लो बर्ष पनि गणले शिविर राखेर दर्शनार्थीलाई सेवा प्रदान गरेकोले यस बर्ष पनि आम नागरिकको सेवाका लागि शिविर सञ्चालन गरिने उहाँको भनाई छ ।

धार्मिक महत्व बोकेको प्राकृतिक सुन्दरताले भरिएको दुधकुण्डमा हरेक बर्ष जनै पूर्णिमाको अवसरमा लाग्ने मेलामा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर लगायत जिल्लाका सैयौँ दर्शनार्थी दुधकुण्ड पुग्ने गरेका छन् ।