सोलुखुम्बुको थामे गाउँमा आएको बाढीका कारण तल्लो क्षेत्रको दुधकोशी किनारका बस्तीमा जोखिम देखिएको छ । दुधकोशी किनारका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सोलुखुम्वुको जोरसल्ले देखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरुलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेकोले जोखिमयुक्त क्षेत्रका नागरिकलाई यथासक्य सुरक्षित स्थानमा जान ओखलढुंगा प्रशासनले आग्रह गरेको हो ।
जिल्लाको तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, रबुवाघाट, भदौरे, तलुवा, मोली, वाक्सा, उवु खाचापु, जयरामघाट र सोक्माटार क्षेत्रमा जोखिम हुन सक्ने भएकाले विभागले आपत्कालिन विज्ञप्ती जारी गर्दै सचेत गराएको छ ।
शुक्रबार दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार हिमताल फुटेर बाढी आएको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया