वर्षाका कारण गएको पहिरोले ओखलढुंगाको मोलुङ गाउँपालिका–२ मा कुखुराको फर्म पुरिएको छ । स्थानिय आश बहादुर राईले सञ्चालन गरेको बाँसको चित्रा, प्लाष्टिकको छानो भएको फर्म पहिरोले पुरिएको हो ।
पहिरोमा परि फर्ममा रहेका ४०० वटा कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले बताए । यस सँगै फर्ममा रहेको छ बोरा कुखुराको दाना, चार बोरा भुस र एक सेट सोलार प्यालन पुरिएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए ।
प्रहरीले दिएको जानकारी अनुसार राईको करिब १० लाख बराबरको क्षति भएको छ । ३० गते राती परेको अविरल वर्षाका कारण फर्म भन्दा माथि बाट आएको ढुंगा माटोको लेदो सहितको पहिरोले राईको कुखुराको फर्ममा क्षति गरेको हो ।
प्रतिक्रिया