पहिरेको पहिरो पन्छाउँदै सुरक्षाकर्मी

पहिरेको पहिरो पन्छाउँदै सुरक्षाकर्मी


भिजन समाचार
795
Shares

ओखलढुंगाको पहिरेखोलामा बाढीले बगाएको बाटो बनाउन जिल्लाका सुरक्षाकर्मीहरु परिचालित भएका छन् । जिल्ला स्थित ३ वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीले पहिरे खोलामा पहिरो पन्छाएर बाटो बनाउन थालेका हुन् ।

विगतका वर्षहरु देखिनै वर्षाको समयमा बाढीले अबरुद्ध हुँदै आएको पहिरेमा मंगलबार आएको बाढीले सडक नै बगाएर पैदल यात्रा गर्न समेत नमिल्ने बनाएपछि अवरुद्ध बाटो खुलाएर पैदल यात्रीलाई खोला पार गर्ने बाटो बनाउन सुरक्षाकर्मी जुटेका हुन् ।

तत्काल सवारी सञ्चालन हुनेगरी बाटो बनाउन सक्ने अवस्था नरहेपनि पैदलयात्री हिड्ने बाटो सुचारु गराउन सुरक्षासयन्त्र खटिएको जिल्ला प्रहरी प्रमुख कृष्ण खड्काले बताए ।

सुरक्षाकर्मीलाई बाटो बनाउने काममा सिद्धिचरण नगरपालिकाले उपकरण सहयोग गरेको छ । 

हिजो देखि पहिरेले सडक बगाएपछि जिल्लाको पश्चिमी क्षेत्रसँगको सवारी आवागमन बन्द भएको छ । पैदलयात्रुहरु भने कष्टकर यात्रा गरेर पहिरो छिचोलिरहेका छन् ।