ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ स्यावन–धारापानी ठुलाछापमा विद्युत लाइन तथा भोल्टेज विस्तार गरिएको छ । भोल्टेज सुधारका लागि उक्त स्थानका ६५ घरधुरीमा नयाँ लाइन जडान गरिएको हो ।
वडा कार्यालय र सिग्मा पुन कम्पनीबिचको सहकार्यमा २५ केभीको टन्सफर्मर जडान गरेर भोल्टेज सुधारको काम गरिएको वडा अध्यक्ष बसन्त कट्वालले जानकारी दिएका छन् ।
भोल्टेज सुधार भएपछि त्यस क्षेत्रका स्थानीयलाई सहज हुने उनले बताएका छन । यस अघि भोल्टेज कम हुँदा मिल लगायतका मेसिन चलाउन असहज रहेकोमा अब भने सहज हुने वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया