जनता समाजवादी पार्टी नेपालमा एकै पटक १६३ जनाले प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपाल ओखलढुंगा-काठमाण्डौं सम्पर्क समितिको आयोजनामा काठमाडौंमा शनिबार भएको बृहत पार्टी प्रवेश कार्यक्रममा उक्त संख्यामा पार्टी प्रवेश गरेका हुन् ।
ब्रिटिस आर्मी र सिगांपुर पुलिसबाट सेवा निवृत्त भएका ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, संखुवासभा लगायतका नागरिकले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य तथा खिजिदेम्बा गाउँपालिका ओखलढुंगाका अध्यक्ष गम्बू शेर्पाले जानकारी दिए ।
पार्टीमा नवप्रवेशीहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ठूला दलहरुले नै संघियता, समावेशिता र पहिचान समाप्त पार्न खोजेको आरोप लगाए ।
संघियता, समावेशिता र पहिचान रक्षाका लागि सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् । बृहत पार्टी प्रवेश कार्यक्रममा केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो ।
प्रतिक्रिया