ओखलढुंगाको उँबुमा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–३ उबु का करिब बर्ष ५१ को पृथ्बी बहादुर राईको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रहरी घटनास्थलमा खटिएर आवश्यक अनुसन्धान गरिरहेको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिएका छन् ।
प्रतिक्रिया