रुम्जाटारमा कोदो दिवस मनाइयो

रुम्जाटारमा कोदो दिवस मनाइयो


भिजन समाचार
1.1k
Shares

बहुउपयोगी, बहुगुणी कोदो बालीलाई प्रवद्र्धन गर्न ओखलढुंगाकोे रुम्जाटारमा दोस्रो कोदो दिवस २०८१ मनाइएको छ । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारको माझचण्डेश्वरी कृषक समुहको आयोजनामा वडा कार्यालयमा एक कार्यक्रम गरि दिवस मनाइएको हो ।
कार्यक्रममकै अवसरमा उत्कष्ट नौं जना कृषकहरुलाई सम्मान समेत गरिएको रुम्जाटारका पुर्व गाबिस अध्यक्ष एवम समाजसेवी सिताराम गुरुङले जानकारी दिए ।
दिवस विशेष कार्यक्रम र किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले पछिल्लो समय जंक फुड र प्याकिङको खानेकुरा खानेबानीले मानिसहरु दिनानुदिन रोगी बन्दै गइरहेको बेला अर्गानिक, पोषिलो र स्वस्थकर मानिने कोदोबालीलाई प्रवद्र्धन गर्न सबै जुट्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सहभागी अतिथीहरुलाई पनि कोदोकै परिकार खुवाएर सम्मान गरिएको समाजसेवी गुरुङले बताए । स्वस्थकर र पोषिलो कोदोबाली प्रवद्र्धनका लागि गत बर्ष देखि निरन्तर दिवस मनाउने गरिएको उनको भनाई छ ।
कार्यक्रममा सिद्विचरण नगरपालिकाका मेयर खनाल, वडा अध्यक्ष रत्न बहादुर गुरुङ, पुर्व गाबिस अध्यक्ष सिताराम गुरुङ, स्थानीय नागरिक, समाजका अगुवा, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रबार लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।