किरात राई वाम्बुले समुदायले बासुरी दिवस मनाएका छन् । हरेक वर्ष साउन १५ लाई बासुरी दिवसका रुपमा वाम्बुले राई समुदायले मनाउने गर्छन ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र काठमाण्डौंको ललितपुरमा वाम्बुले राईहरुले दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईले बताए । किरात लोक परम्परालाई पुस्तान्तरण गर्न वितग आठ वर्ष देखी साउन १५ लाई बासुरी दिवसका रुपमा मनाउन थालिएको राईको भनाई छ । वाम्बुले राई समुदायमा बासुरीको आफ्नै मौलिक महत्व रहेको अध्यक्ष राईले बताए ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१ ईमाडोलमा रहेको वाम्बुले राई समाजको भवनमा भएको कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हार्ताम्छाले किराती समुदायका लोक बाजाहरुको संरक्षण गर्नु आजको आवश्यकता रहेको बताका छन् । लोक भाका, लोक नृत्य र लोक बाजाले भूगोल समुदाय चिनाउने काम गर्ने राष्ट्रिय गानका सर्जक ब्याकुल माईलाले बताए ।
किराती लोक परम्पराको निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको बासुरी दिवस कार्यक्रममा वाम्बुले संस्कार, भाषा, संस्कृति जगेर्नाका लागि अगुवाई गर्नुहुने समाजका अगुवा, कलाकारहरुको सहभागिता रहेको कार्यक्रम संयोजक गणेश वाम्बुले राईले जानकारी दिए । यस वर्ष विनायो बासुरी सँगै विनायो वाद्यन, लोक भाका सालमाया समेत वाम्बुले कलाकारहरु मार्फत प्रस्तुत गरिएको राईको भनाई छ ।
प्रतिक्रिया