ओखलढुंगाको मोलुङका अविनास तामाङले आफ्नो छोराको जन्मदिनमा विद्यार्थीलाई झोला वितरण गरेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–६ निवासी तामाङले छोरा अश्विन तामाङ दुई पुरा भई तीन बर्ष लागेको अवसरमा सहिद पेशल आधाभूत विद्यालय यान्दाका ३० जना विद्यार्थीलाई मंगलबार झोला वितरण गरेका हुन् ।
बच्चाहरुको जन्मदिन फजुल खर्च गरेर मनाउनुभन्दा स–साना बालालिकालाई कापी–किताब बोक्न सहज होस भनेर झोला वितरण गरेको उनले बताए । आमामी दुई बर्षसम्म यसैगरि जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग गर्ने उनको भनाई छ ।
जन्मदिन मनाउदा हुने फजुल खर्चलाई शिक्षा क्षेत्रमा आफुले लगानी गर्ने योजना अनुसार विद्यार्थीहरुलाई सहयोग गरेको तामाङले बताएका छन् ।
प्रतिक्रिया