ओखलढुंगामा ४७ जना गर्भवती सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एक बर्षको अवधिमा ४७ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रमले जिल्लामा आर्थिक बर्ष २०८०-०८१ मा गम्भीर स्वास्थ्य अवस्थामा पुगेका ४७ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।
सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जान सक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानिय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भईरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया