छ महिना नाघेका मुद्दा शून्य

छ महिना नाघेका मुद्दा शून्य


भिजन समाचार
3.2k
Shares

उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा छ महिना नाघेका सम्पुर्ण मुद्दा फछ्र्यौट गरिएको छ । अस्थायी इजलासमा आर्थिक वर्ष २०८०÷०८१ मा फछ्र्यौंट हुन बाँकी २३ वटा मुद्दा रहेकोमा छ महिना नाघेका मुद्दाको संख्या शून्य छ ।
गत आर्थिक वर्षमा २८७ मुद्दा फर्छौंट गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा २३.६९ प्रतिशत बढी मुद्दा फछ्र्यौट गरिएको अदालतका रजिष्ट्रार विष्णु प्रसाद पाण्डेयले बताए । अदालतमा ३७८ मुद्दा रहेकोमा ३५५ मुद्दा फछ्र्यौट भएको रजिष्ट्रार पाण्डेयको भनाई छ ।
यस्तै आर्थिक वर्ष २०७३÷०७४ देखि हालसम्मको फछ्र्यौट दर हेर्ने हो भने २०८०÷०८१ मा सबैभन्दा बढी ९३.९१ प्रतिशत मुद्दा फछ्र्यौट पाण्डेले जानकारी दिए ।
अदालतको अभिलेख अनुसार चार हजार २६४ थान मुद्दा मध्ये सबै मुद्दा सफ्टवेयरमा प्रविष्ट गरिएको रजिष्ट्रार पाण्डेयले बताए । अदालतका सबै मिसिल स्क्यान गरिनुका साथै सेवाग्राहीका लागि सेवाप्रवाह समय कार्ड लागू गरिएको छ । बिहिवार अदालतमा दर्ता हुन आएका ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको मुद्दाका बारेमा समिक्षा गरिएको छ ।
अदालतमा मुद्दा परेकामध्ये मिलमिलाप भएर जानेको अवस्था भने न्यून रहेको अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले बताए । मेलमिलाप सरकारको लगानी रहेको भन्दै यस तर्फ पनि विशेष ध्यान पु¥याउन उनले आग्रह गरे । अदालतमा देखिएका समस्या समाधानका लागि आफूले पहल गर्ने उनले प्रतिवद्धता समेत जनाए ।
न्यायाधीश भण्डारीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा वरिष्ठ न्यायाधीश बबिता उप्रेती, न्यायाधीश सरला मोक्तान, जिल्ला अदालत ओखलढुंगाका न्यायाधीश गिरिराज गौतम, खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहाल, सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राई, तीन वटै जिल्ला अदालतका स्रेस्तेदार, वैतनिक कानून व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।