ओखलढुंगाका व्यापारीलाई करदाता शिक्षा

ओखलढुंगाका व्यापारीलाई करदाता शिक्षा


भिजन समाचार
2.4k
Shares

ओखलढुंगाका व्यापारी–व्यवसायीलाई करदाता शिक्षा प्रदान गरिएको छ । करदाता सेवा कार्यालय ओखलढुंगाको आयोजना र ओखलढुंगा उद्योग वाणिज्य संघको समन्वयमा जिल्लाका ५५ बढी व्यवसायीलाई करदाता शिक्षा प्रदान गरिएको हो ।

सरकारले आगामी आर्थिक बर्ष २०८-०८२ मा बजेट वक्तव्य मार्फत व्यापारी व्यवासयी दिएको छुट लगायतको बिषयमा जानकारी गराउनुको साथै करदाताका समस्या र गुनासोका बिषयमा पनि छलफल भएको कार्यालय प्रमुख धिरेन्द्र बस्नेतले बताए ।

कार्यक्रममा करको महत्व, आम नागरिक र व्यापारी व्यवसायीको कर्तव्य लगायत करको बिषयमा सम्बन्धित अन्य विविध जानकारी गराइएको उनले बताए ।

यस्तै आन्तरिक कर, व्यावसायिक शिक्षा, करप्रणाली, करसेवा, करको दायराको विषयमा पनि जानकारी गराइएको कार्यालयले जनाएको छ ।