ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाका सामुदायिक विद्यालयलाई डेस्कटप, प्रिन्टर र ई–हाजिरी मेसिन वितरण गरिएको छ । विद्यालयहलाई प्रविधिमैत्री बनाएर शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्वेश्यले गाउँपालिकाले विभिन्न सामाग्री प्रदान गरेको हो ।
चालु आर्थिक बर्ष २०८०-०८१ मा संघीय सरकारको विशेष अनुदान एक करोड १५ लाख बजेटबाट पालिकाका २९ आधाभूत विद्यालयलाई डेक्सटप र प्रिन्टर वितरण गरिएको छ भने मावि र साबिक निमाबि गरि १७ वटा विद्यालयलाई ई–हाजिरी मेसिन वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख भरत खतिवडाले जानकारी दिए ।
उनका अनुसार अन्य सात वटा मावि र छ वटा निमाबि गरि १३ वटा विद्यालयलाई ४८ प्रकारका बालविकाससँग सम्बन्धित सामाग्रीहरु पनि वितरण गरिएको छ ।
मंगलबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले विद्यालयका प्राधानाध्यपक र शिक्षकहरुलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।
सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रुम्दालीले विद्यालयहलाई प्रविधिमैत्री बनाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्ने लक्ष अनुसार प्रविधिका सामानहरु वितरण गरिएको बताए । प्राप्त सामाग्रीहरुको उचित सदुयोग गरेर सामुदायिक विद्यालयमा शिक्षाको गुण्स्तर वृद्धिका लागि प्रयोग गर्न समेत उनले आग्रह गरेका छन् ।
यस अघि विद्यालयले निकाल्ने सूचना, पालिकालाई पठाउने पत्र र अन्य कागजातहरु हस्तलिखित हुने गरेकोमा अब सहज हुने विस्वास गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
प्रतिक्रिया